धेरै पढेर बिग्रिएको म
स्वतन्त्र भएर मात्तिएको म
सोमत मान सम्मन बिर्सिएर
लाज सरम पचाएको म
संस्कार पाएकै हो मैले त राम्रो
दुख नदिनु अरुलाई
अरु माथिको अन्याय पनि हेरेर नबस्नु
तर मैले देखेको अन्याय किन देख्दैनन अरुले
आँखा अलि कम्जोर कि मन नै कठोर यिनिहरुको
नैतिक दृष्टान्त त मेरो फेवरेट कविता
जिन्दगी को जुन सुकै परिस्थितिमा पनि
दुई लाइन त्यो कविता पढे
जस्टिफाइ हुन्छ सबै कुरा
तेही पढेर झुक्न कोशिश गरे
टाउको मेरो सारै थाडो
बाझ्दै हिँड्छु म एक्लै
अन्याय सहन निक्कै गाह्रो
धेरै बुझेर नकचराएको म
धेरै नै सोचेर भाँडिएको म
धेरै सम्झेर आत्तिएको म
साचै नै हो त
धेरै पढेर बिग्रिएको म ?