मसँग काठमाडौंमा ५ रोपनी जग्गा भए…..

सानो सानो टुक्रा गरेर, आनाको करोड करोडमा बेच्दिनथें, खुला मैदान बनाएर घण्टाको ५० र १०० पार्किङ शुल्क लिएर राख्दिनथें, कसैलाई सर्लक्क लिजमा दिएर, दस वर्षको भाडा उठाउँदिनथें । त्यसो भए तपाईंहरूले सोचिरहनु भएको होला, के गर्थे होला भनेर? आफैँ घर बनाएर बस्थे, ठूलो कम्पाउन्डले घेरेर? अहँ, त्यो पनि होइन।

म त ठूलो चौर बनाउँथें – नेपाली दुबोको, त्यसमा साना साना बगैँचा पनि थप्थे, रंगीबिरंगी – आफ्नै शहरको प्रजातिको बोटहरूका। अनि उफ्रने, खेल्ने, शान्तमा चराहरूको आवाज सुन्ने, भारी बिसाउने, एक छिन सुस्ताउने र प्रकृति र समाजसँग अझ नजिक भई नियाल्ने वातावरण बनाउँथें। म, एउटा आर्किटेक्ट, त्यसमा मेरो मास्टर्सको पढाइ चाहिँ ल्यान्डस्केप आर्किटेक्चर। त्यसमा पनि मेरो फोकस भन्नुपर्दा काठमाडौं र काठमाडौंजस्तै अरू शहरका लागि खुला ठाउँ व्यवस्थापनको लागि फ्रेमवर्क बनाउने। पढाइ नै त्यसै सम्बन्धी गर्न मन लाग्यो, दिनदिनै आफ्नो शहरको रूप कुरूप भैरहेको देख्दा। सानो छँदा खेलेका, दौडेका, कति धेरै सम्झनाहरू बनाएका ठाउँहरूमा आजभोलि बच्चाहरू खेल्दैनन्। त्यहाँ त केवल जग्गा सम्याउनका लागि डोजर चल्छन्, ढलान गर्नका लागि क्रसरहरू चल्छन्, एक इन्च जग्गा एता उता होला भनेर दाजुभाइहरूका तिखा तिखा शब्दहरू चल्छन्।

यस्तो पौउको भौउमा बिक्ने जग्गामा कसले खुला ठाउँ राख्ला र! अनि मैले यस्तै कुरा गर्दा सबै जनाले मलाई पागल भन्छन्। र मैले म भएको भए त यस्तै गर्थें भने भने, “तेरो छैन र त भन्छस् नि” भन्छन्। अचम्मको कुरा त के छ भने, यो तितो हुँदै गैरहेको समाज, यो एक अर्काप्रति नकारात्मक सोच, सधैं हुने इरिटेसन, यो सबै नै हामी कहाँ शहरी हरियाली नहुनु र दिनदिनै बढ्दो प्रदूषणको नतिजा हुन सक्छ। यही ठाउँमा त अनुसन्धान गरिएको छैन, तर विश्वका शहरहरूमा भएको अनुसन्धानमा यस्तो कुरा प्रमाणित भैसकेको छ।

बच्चाहरू स्वतन्त्रसँग आफ्नो घर वरिपरि आफ्नो उमेरको हिसाबले कति परसम्म जाने, यस्ता कुराहरू पनि विश्वमा अनुसन्धान भैसकेका छन्। आजकल त पन्ध्र मिनेटको शहर भनेर निकै चर्चामा पनि आएको छ। यो भनेको चाहिँ सबै दिनदिनैलाई चाहिने आवश्यक कामकाजका ठाउँहरू मात्र १५ मिनेटको दुरीमा। विश्वका शहरहरू निकै ठूला छन्, त्यहाँ हिँडेर अथवा साइकलमा धेरै टाढासम्म पुग्न सकिन्न। पहिला शहरको योजना बनाउँदा, धेरै नै ठूला सडक, गाडीमा मात्र ध्यान दिएको पाइन्छ। यस्ता ठाउँहरूमा आजकल यस्तो पन्ध्र मिनेटका शहर र बस्तीका कल्पना गर्न थालिएका छन्। तर हाम्रो काठमाडौं शहर, जुन पहिले पैदलमैत्री थियो, अहिले बाटोमा हिँड्नै नसकिने भएको छ। यति सानो, चिटिक्क परेर मिलेको शहर, मानिस र साना साना बच्चाहरूलाई मनपर्ने खालका बाटाघाटा, सानो सानो चोक र गल्लीहरू, जहाँ मानिसका भावनाहरू साटिन्छन्, कल्पनाहरू फुर्छन् र जहाँ साना साना नानीबाबु खेल्दै, लड्दै, पढ्दै रमाउँदै र धेरै कुरा सिक्दै डुल्न सक्छन्, यस्तो शहरलाई मासेर कहिले सम्म हामी पश्चिममा फेल भैसकेको अवधारणामा हाम्रो शहरी योजना बनाउने? अब पनि नसिक्ने?

ठूला ठूला अनुसन्धान संस्थाहरूले करोडौं खर्च गरेर अध्ययन गरिरहेका शहरका अवधारणा त हामीकहाँ अहिले यसै छ। त्यसलाई मासेर हामीचाहिँ उनीहरूले फालिसकेको मुकुन्डो लगाएर बस्ने? हाम्रो शहर विकासका योजना बनाउने, मन्त्रालय, स्थानीय निकाय र सबैभन्दा धेरै प्रभाव पार्न सक्ने हाम्रो शहरका प्रतिनिधि मेयरहरूलाई मेरो प्रश्न र सुझाव पनि – अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान र अध्ययन गरौं, समाधान र विकल्पचाहिँ हाम्रो स्थानीय सन्दर्भसँग मिल्ने बनाऔं। मात्र यत्ति गरिदिए पुग्छ।

नीति ढाँचाहरू त बन्दै गर्छन्, र त्यसलाई अपनाउँदै जाने हो। तर सर्वप्रथम के गरेर शहर राम्रो बनाउने भन्दा पनि के चाहिँ गर्दै नगर्नेमा हामी ध्यान दिऔं। यसमा तपाईंहरूलाई थुप्रै किसिमका विज्ञहरूको आवश्यकता पर्छ। एक्टिभिजमले हामीलाई चेतना त दिन्छ, तर दिगो विकासका लागि विज्ञहरूको सल्लाहबाट आफ्नो कार्यहरूलाई सकारात्मक र सफल बनाउनुहोस्। सही विज्ञहरूको पहिचान गर्नुहोस्। र स्थानीय बासिन्दाहरूको कुरा सुन्न र समावेश गर्न नछुटाउनुहोस्। र सबैभन्दा महत्त्वपूर्ण, सबैभन्दा कमजोर र सीमांतकृत जनसंख्याका लागि योजना बनाउनुहोस्। बलियाबाङ्गाले त आफ्नो जोहो गरिहाल्छन्, ती निर्बलका लागि शहर बनाउनुहोस्, समावेशी हुनुहोस्। वास्तवमा उनीहरु कमजोर होइनन्, हाम्रो शहर उनीहरुको लागि असक्षम हो – सफल शहरमा सबैले आफ्नो स्थान पाउनुपर्छ।

शहरमा खुला ठाउँ र हरियालीलाई प्राथमिकता दिनुहोस्। यस्ता हरियालीका ठाउँहरूमा हाम्रा नेपाली बोटबिरुवालाई प्राथमिकता दिनुहोस्। र यस्ता ठाउँहरू बालमैत्री, बच्चाहरूसँगै मिलेर योजना बनाउनुहोस्। यस्ता खुला ठाउँहरू राम्रोसँग योजना गरेर बनाउन सकियो भने यसले हाम्रो शहरको सामाजिक र सांस्कृतिक लाभ, यहाँ बस्नेहरूको शारीरिक र मानसिक स्वास्थ्य लाभ, यहाँको वातावरणमा सुधार हुने प्रभाव साथै यहाँको आर्थिक लाभमा समेत टेवा पुर्‍याउँछ। सुनेको छु, हाम्रो शहरमा थुप्रै सार्वजनिक खुला ठाउँहरू मासिएका, मिचिएका छन्। कति रोपनी जग्गा त पत्ता पनि लागिसक्यो रे। यस्ता जग्गाहरूलाई फेरि पहिचान गरी यस्ता ठाउँहरूमा हरियाली प्रवर्द्धनका कामहरू गरौं। फेरि हाम्रा बालबालिका उफ्रिने, दौडिने, लड्ने र लडेर फेरि उठ्ने ठाउँहरू बनाऔं। यी साँचै नै आधारभूत आवश्यकताहरू हुन्। र यो गर्नुका फाइदा पनि छन् शहरी विकासका लागि। यसरी हुर्केका बालबालिकामा आफ्नो ठाउँसँगको आत्मीयताको विकास हुनेछ र आफ्नो ठाउँको हेरचाह गर्ने जिम्मेवारीको चेतना पनि। उनीहरू सधैं शहरका सबैका लागि वातावरण राम्रो बनाउन काम गर्नेछन्।

But, you never taught me to…

-Ps. Mom = mommy & baba

Mom, you taught me to laugh;
But you never taught me to fake smiles;
Mom, you taught me to love unconditionally;
But you never taught me to show fake respect.

Mom, you taught me to share;
But you never taught me to serve;
Mom, you taught me to survive;
But, you never taught me to cook.

Mom, you taught me to respect all;
But you never taught me to bow regardlessly;
Mom, you taught me to live life full of emotions;
But you never taught me to weigh them.

Mom, you taught me to care;
But you never taught me to be forcefully obliged;
Mom, you taught me to understand;
But you never taught me to ‘always agree’.

Mom, you taught me to fly high and reach out for my dreams;
But you never taught me to forget my roots;
Mom, you taught me to always try my best;
But you never taught me to settle for any less.

Mom, the biggest thing you taught me is;
We are all equal;
But you never taught me;
Someone is above or below.

For all the things you taught me;
You made me a humble, understanding human being with empathy;
For all the things you dint teach me;
You made me a strong woman!

For all the parents out there;
Be the mom who teaches her daughter to be her!;
All the other things really don’t matter!