आज एउटा कथा सुनाउछु

धेरै पढेर बिग्रिएको म

स्वतन्त्र भएर मात्तिएको म

सोमत मान सम्मन बिर्सिएर

लाज सरम पचाएको म

संस्कार पाएकै हो मैले त राम्रो

दुख नदिनु अरुलाई

अरु माथिको अन्याय पनि हेरेर नबस्नु

तर मैले देखेको अन्याय किन देख्दैनन अरुले

आँखा अलि कम्जोर कि मन नै कठोर यिनिहरुको

नैतिक दृष्टान्त त मेरो फेवरेट कविता

जिन्दगी को जुन सुकै परिस्थितिमा  पनि

दुई लाइन त्यो कविता पढे

जस्टिफाइ हुन्छ सबै कुरा

तेही पढेर झुक्न कोशिश गरे

टाउको मेरो सारै थाडो

बाझ्दै हिँड्छु म एक्लै

अन्याय सहन निक्कै गाह्रो

धेरै बुझेर नकचराएको म

धेरै नै सोचेर भाँडिएको म

धेरै सम्झेर आत्तिएको म

साचै नै हो त

धेरै पढेर बिग्रिएको म ?

रेमिटेन्सको तितो सत्य

पुरा हुन नसकेका तिम्रा ती अधुरा सपनाहरु

वेदनामा डुबेका तिम्रा ती रित्ता आकांक्षाहरु

पिडामा छट्‌पट्‌याएका ती तिम्रा मनोभावहरु

ऐया आथा कति गर्यौ होला ती खोक्रा बिश्वास मेटिदा खेरि

मर्न त मानिस एक दिन मर्छ

हरेक दिन एउटा नेपाली भित्र भित्रै मर्छ

यी तस्विर हरु हेर्दा कसको मुटु नकाप्ला र

अहो लाचार ती हाम्रा पाखुराहरु

श्रम गरूम भन्दा खेत बेच भन्छन्

दुख आफ्नो देश मै गरु भन्दा कमिसन ले भन्छन्

ल त पैसा नै बोल्छ यो संसार मा भनी बिदेशिदा

बोल्न सधै को लागि नसक्ने गरी फिर्ता हुन्छन्

बोल्न सधै नै नसक्ने गरी फिर्ता हुन्छन्

अरुलाई दु:ख त दिएका हैनौ होला तिमीले पनि जानी जानी

न्याय को होइन

अन्याय कै जीत भईरहेछ

जति म हांस्न खोज्छु भीडमा

त्यती नै एकान्तमा मन रोइरहेछ

दिनहु मान्छे मरेका छन

बिचलित भएका छन् झन्

न्याय माग्दा  माग्दै तिन्का पुस्ता  समेत्

अन्धकारमा धकेलिएका छन्

खोई कहाँ आयो गणतन्त्र

कहाँ गयो त्यो समान अधिकारका कुरा

राजालाई त हटाइयो

राजतन्त्र कहिले सम्म

न्याय माग्दै हिंडेका ति बलात्क्रित नारी

आफ्नै घरबाट टाढिएका ती अदिबाशी

कस्का लागि गरेको थियो त्यो संघर्श

कस्ले दियो एती ठुलो अधिकार खेल्न अरुको आत्मा सित

छाती तानी तानी अझै नि छ घमन्ड को ताती

तारा बाजी लै लै गर्न नजान्ने पुगेका छन् माथि माथि

के आश राख्नु र यि अमरयाधित पाखण्डीहरुसँग

जति नै गाह्रो भए पनि गरिरहने हो आफ्नै संघर्श

राजनीति मन पर्दैन भन्थे

शब्द नै छ त्यस्तो

निति बनाउने नै हो राज गर्न अरुको माथि

छी छी घ्रिडा गरु म कति

अति भो अब त अति

नगर न हे अझै पनि खति

हृदय त छ होला नि धड्किने तिमी भित्र पनि

आँखा चिम्लेर मनन् गर केहि समयको लागि

ताली पिटी हास्ने छौ तिमी

छिन् छिन्  मा रूने पनि

मान्छे नै त हौ आखिर तिमी नि

भावना को खानी

अरुलाई दु:ख त दिएका हैनौ होला तिमीले पनि जानी जानी

अरुलाई दु:ख त दिएका हैनौ होला तिमीले पनि जानी जानी