आज एउटा कथा सुनाउछु

धेरै पढेर बिग्रिएको म

स्वतन्त्र भएर मात्तिएको म

सोमत मान सम्मन बिर्सिएर

लाज सरम पचाएको म

संस्कार पाएकै हो मैले त राम्रो

दुख नदिनु अरुलाई

अरु माथिको अन्याय पनि हेरेर नबस्नु

तर मैले देखेको अन्याय किन देख्दैनन अरुले

आँखा अलि कम्जोर कि मन नै कठोर यिनिहरुको

नैतिक दृष्टान्त त मेरो फेवरेट कविता

जिन्दगी को जुन सुकै परिस्थितिमा  पनि

दुई लाइन त्यो कविता पढे

जस्टिफाइ हुन्छ सबै कुरा

तेही पढेर झुक्न कोशिश गरे

टाउको मेरो सारै थाडो

बाझ्दै हिँड्छु म एक्लै

अन्याय सहन निक्कै गाह्रो

धेरै बुझेर नकचराएको म

धेरै नै सोचेर भाँडिएको म

धेरै सम्झेर आत्तिएको म

साचै नै हो त

धेरै पढेर बिग्रिएको म ?

Leave a Reply